Saturday, March 4, 2017

कविता : अदृश्य संदेश

~अविमन पसछें~


मैले सिर्जेका जिंउदो किताब
तिम्रो लागी पानाहरू मात्र हुने भए
 जगाऊन लेखेका संदेशहरू
सजाऊने अक्षर मात्र हुने भए
 म के लेखौ किन लेखौं

 प्रतिबिम्ब रुपी पात्रहरुले
 तिम्रै बेथितिको
खिल्ली उदाउन्दा
 समर्थनमा तालि मात्र बज्ने भए
 तिम्रो तालीको अर्थ के मानौं
ब्यापार सरी नाफ़ा र घाटामा
 जिबन हिसाबमा चलने भए
 साधन सरि सबै  बिक्नु परे
 यन्त्र र मानब बिच  फरक
 यो समाजमा  कंहा खोजौं

 मेरा भावनाहरू
 तिम्रो लागी शब्द मात्र  हुने भए
 म पागल सरी चिच्याये पनि
 मेरा आवाज़ हरू
 सुन्यतामा मै  बीलाउने भए
 म के सुनाऊँ  म किन  सुनाऊँ


(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment