Saturday, March 4, 2017

कविता : आमा


~गंगा मल्ल श्रेष्ठ~


आमा प्राण पियारी हृदयकी रानी
जन्मा दिईन उनलए नौ महिना गर्भ धानि
दुध दान गरी हुर्काइन प्राण मेरो यो भनी
सिकाइन खान, हिँड्न र बोल्न लै सिक नानी भनी ।

आफ्न दु:खहरु लुकाइ सन्तानलाई सुख दिन्छु भनी
जती जती ठूला भए सन्तान माया टाढा भयो अनी
हुर्किएको सन्तानले डाँडा काटी गए पछी
रुँदै भन्छिन आमा छैन मेरो कोही अगी पछी ।
जिर्ण शरीर भएर आमा बस्छिन् बिछ्यौना कुर्दै रुँदै
कोही मिट्न आए पनि मेरै सन्तान हो कि भन्दै
आमाको बिलौना सुनी दिने कोही नभए पछी
अतितका कुराहरु आमा सम्झिन्छिन् जिर्ण शरीर कुर्दै ।

अन्तिम अवस्था भएपछी सबै बिर्सन खोज्छन्
बिर्सन चहेर पनि सक्दिनन् बिर्सन सन्तान अनी
सबै सन्ततिको यो पालो आउँछ कुरा मनमा लिनु
अन्तिम घडीमा सुख र शान्ती आमलाई दिनु ।

आमाले नै जन्मा दिईन यो संसार देखाई दिईन्
आमाको आशिर्वाद लिएर सन्तति  प्रगतिमा जाउन्
सबै आमाहरु सन्तानको मायामा बाँच्न पाउन्
आमाहरुलाई हेला नगरने सन्तानहरु सबै बैकुण्ठ जाउन् ।

आमा प्राण पियारी ह्रिदयकी रानी
जन्मा दिईन उनले नौ महिना गर्भ धानि ।।   ।
(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment