Sunday, August 4, 2019

कविता : साउन महिना

~सुष्मा श्रेष्ठ~

झर झर झर्ने साउने भेल
मेहेन्दीको रङ्ग हातमा गाढा
हरियो छिन्-छिन् झल्ल झिलमिल
गृहिणीको चुराले रङ्गिन संसार ।

कल्ल कलकल वर्षाको गीत
बादलले डाँक्छ सूर्यलाई
सुख्खा भूमिले झरी पाउँदा
गला भिजाउँछ, हर्षले रमाई ।

शम्भुको श्रद्धामा बेलापत्र अर्पण
निर्मल निश्छल जलको तर्पण
व्रत राम्रो साउनको मासमा
गरौँ शुद्ध चित्तले शिव उपासना ।। 

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment