Sunday, August 4, 2019

कविता : भानुभक्त

~प्रदीप केसी~

भानु तिमी आज जरुरत छौ
तिमी खडेरीको जल हौ, देव हौ
निशाचर, पिचासी नाताबाट हटाउन
तिम्रो रामायणको वाचन नेट इन्टरनेटबाट
भाग्छन् ती निशाचर,

भानु तिमी आज जरुरत छौ
तिमी खडेरीको जल हौ, देव हौ ।

भानु तिमीले धर्मलाई साक्षात्कार बनायौ
पाप र पुण्यको मुक्तिको बाटो सरल बनायौ
नेपाली भाषा साहित्य जीवन्त रसिला मलिलो बनायौ
साहित्यलाई भाषाको माध्यमबाट
अभिजात वर्गबाट जनजीवनमा ल्यायौ ।

भानु तिमी आज जरुरत छौ
तिमी खडेरीको जल हौ, देव हौ ।

नेपाली भाषाको ढुकढुकी छौ
हे भानु, भानु भन्नु नै राम हो
राम भन्नु नै गान्धीको अन्तिम सास हो
तिम्रो साहित्य मनन गर्न प्रकाशको तेज बन्छ
अन्धकार हटाउन मद्दत गर्छ
हे भानु तिमी यस पृथ्वीमा छैनौ
तिमीले छोडेर गएको दियोको बत्ती बलिरहेछ
तिमी आदिकवि भयौ, तिम्रो साहित्य रामायण अनादि भयो
सलाम छ भानु, सलाम छ ।
भानु आज तिम्रो जरुरत छ
तिमी खडेरीको जल हौ, देव हौ
तिमी रामलाई चिनाउने अर्को राम भयौ
जय श्री राम , जय भानु ।

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment