Sunday, August 4, 2019

अप्सरा गिरीका तीन मुक्तकहरु

~अप्सरा गिरी भारती~

(१)
भत्किएको भाषा बनाए उनले
नेपालीत्वको आशा देखाए उनले
बाँधे सरल नेपाली, जनको जिब्रोमा भानुले
चेतनाको कासा खेलाए उनले ।

(२)
इच्छा छ संस्कार बनी भावीमा थिति साँच्ने

इच्छा छ भानु बनी चेतनामा पिरती गाँस्ने
हर फूल यौवन पछि ओईलाउँछ अनि झर्छ
इच्छा छ घाँसी बनी संसारमा कीर्ति राख्ने

(३)
पिरतीमा बादल बन्छौँ ऊ अनि म
मायामा समर्पित हुन्छौँ ऊ अनि म
पोखिँदै एक अर्कामा संसार सानो कोरेर
विश्वासमा बग्दै जान्छौँ ऊ अनि म ।

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment