साना साना कुरामा खुशी हुने मेरी साथी
रातो र उजेलो रङ्ग मनपर्ने उसलाई
अरूलाई माया दिन खोज्ने मेरी साथी,
अचानक अँधेरो रङ्गको प्यारी भइन् ।
उच्च सोच राख्ने मेरी साथी
सोचाइ नै अफ्ठेरो लिने भइन्
~लेखनाथ काफ्ले~ रम्घाको माटोमा उभिएर देश भरी फुल्न सक्ने भानु तिमी ध्रुव तारा जस्तै चम्किरहेछौ नेपाली भाषाको अन्तरकुन्तरमा पुगेर लाग्छ, लामो यात्रामा तिमी लम्किरहेछौ ।
यु त्यो बाटोमा दौडिरहेको छ कहिले ठिङ्ग उभिन्छ हात हल्लाउँछ कसैलाई बोलाए जस्तो चिच्याई चिच्याई कराउँछ नबुझ्ने भाषा बोल्दछ सकिनसकी पिठ्युँमा भारी बोकेको हुन्छु ।।
कसैको मलाइजा छैन, कसैसँग डर त्रास छैन पिठ्युँमा बोकेको भारीको होस छैन केही पिर छैन भूत, भविष्य र बर्तमानको चिन्ता छैन बास, गाँस र कपासको ।।
माता-पिता ती हर्ता कर्ता गुरु ज्ञान भण्डार भर्दछन् किर्ती केही राख नत्र ता काया व्यर्थै दिनै मर्दछन् साँचो बोल्नु नबोल्नु बात कहिल्यै झुटो भन्याको रति । आखिर मर्नु छ पाउनू छ उति फल् यहाँ गर्याको जति ।।
जोबन पल बिती जान्या छ समय समातिन्न ती रती गर्ने काम गरे यही पल हुन्या छैन कसैलाई खती
म नेपाली टीका थाप्छु
मलाइ सगून र साइत गर ।
किनभने,
हेर त यहाँ
पहाड पहाड ह्वैन,
पग्लेर पानी बगिरहेछ ।
पानी पनि पानी ह्वैन,
सवाकोटी नेपालीको
तागतै तागत बगिरहेछ ।
हिमालको ताँतीबाट
जून खेल्ने छातीबाट
दम पचाउने मेरै लागि
पौरखका पौरख ओइरिरहेछ ।