तिम्रो आगमनमा रमाउने मेरो मन,
तिम्रो नामले हुन्थ्यो खुशी मन भित्र
सुख दु:खको साथी ठानेथें
अञ्जान शहरको एक हितैषी मेरो मित्र ।
भेट्ने गर्थ्यौ हाँसो खुशी
हुन्थ्यो हाम्रो रमाईलो कुराकानी
मित्र मात्रै होईन, सोंच्न थालेथें तिमीलाई
आफ्नै दिदी, बहिनी जानि-नजानी ।
मित्रको भावले प्रेरित बनी
तिम्रो झैं म पनि आफ्नो कुरा साट्दथें
तिमीलाई आफ्नै सम्झी
मेरो स्वास्थको कुरा पनि राख्दथें
तर
मित्र तिमी कस्तो मित्र ?
तिम्रो मनको चित्र मेरो मधुमेहले रङ्गाएछौ
हर्ष अनी उमङ्गको आशा देखाउने
जाबो कमिलो बनी उल्टो चिनी खोज्न पो आएछौ ।।
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment