~लेखनाथ काफ्ले~
ऊ अघी हिंड्छ धेरै बाटोहरुमा
नयाँ नयाँ बस्तिहरु मेट्छ
कहिलेकहीं झ्वास्स पछाडि फर्कन्छ
मनमा भुकम्पिय तरङ्गहरु उब्जाउँछ
भेटेका नयाँ वस्तुहरु छोड्दै जान्छ
छोडेका वस्तुहरुलाई कहिलेकहीं गोड्छ
कहिले काँडाघारिमा हिंड्छ
कहिले फूलबारिमा रमाउँछ
कहिले शरीरको अङ्गलाई गुमाएर
कती दिन अपाङ्ग झैं बन्न खोज्छ
पुन: गुमेको अङ्ग जोड्छ
जोडेको पनि गुमाउँछ ।
'निरन्तरता'लाई बोकेर
गुमाउँछ, भेट्छ
अनी मात्र अघी बढ्छ
ऊ हिंड्छ अस्थिर भएर
स्थिरतालाई गन्तव्य बनाएर
गन्तव्य भेटेपछी
ऊ न त अघी बढ्छ
न त गुमाउँछ अनी भेट्छ
मात्र स्थिरतामा रुमल्लिन्छ
मात्र शून्यतामा बिलाउँछ ।।
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment