~कल्पना ढकाल रिजाल~
रमाउँदै, मुस्कुराउँदै
गुलाबी कुर्ता
अनी
त्यस्तै उज्यालो चप्पल
पट्-पट् पार्दै ।
किन केटी जस्तै भाको ?
को हो साइँला ?
जवाफ दिन खोज्छन्
फेरी केले हो केले रोकिन्छन् साइँल्दाइ,
डरले पो हो की,
परिवारको इज्जतले पो हो कि,
समाजको नचाहिँदो चलनले पो हो कि ?
मुसुक्क हाँस्दै भन्छन,
होइन मलाई गुलबी रङ्ग साह्रै मनपर्छ आमै,
आमै भन्छिन के नामर्द रैछ साइँलो त
जा बरु केही काम गर
अँधेरो अनुहार,
झरिसकेको नजर,
आँखाभरी आँशु
लिएर साइँल्दाइ ढोका खोल्छन् ।
फेरी कुरा चल्छ साइँलाको बिहेको,
कस्ले सोध्ला साइँलाको इच्छा,
कस्ले बुझ्ला उस्लाई
तेरो बेहेलाई केटी हेर्न जाउँ साइँला,
केटी ! किन नि केटी ?
यो साइँला बहुलायो कि ?
आमैलाई के थाहा साइँलाको पीडा,
आमैलाई के थाहा मायाले लिङ्ग, जात केही छुट्याउँदैन
हेर्दा हेर्दै बिहे भो
केटीसँगै साइँलाको
मृत्युपनी भै गयो
हत्या गरी आफैको ।
आज साइँला भएका भए
त्यही
गुलाबी कुर्ता, सह्रै फाटेको जिन्स
अनी त्यस्तै उजेलो चप्पलमा खुशी देखिन्थे होला
किन कि आमै बुझ्ने भईन्
किन कि आमै समाजसेवी भईन्
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment