१) कुल्चे उनले
फक्रेको लालुपाते
निर्दयी पापी।
२) रसिलो गाला
भमराले चुमेको
डाम देखियो।
३) मधुर गाना
कोईलीको स्वरमा
को हो गाउने ?
४) तिम्रो बैशको
लाली चोर्न चाहन्न
खुसीले देउ।
५) भाग्य चाहिन्छ
कुनै फूल मन्दिर्मा
कुनै लाशमा।
६) अबलोकन
सूर्यलाई क्या मस्ती
संसार घुम्छ।
७) बसन्त ऋतु
हास्नु पर्छ सबैले
फूलको भेला।
८) हिमालपारी
संभावनाको डुङ्गा
चिप्लियो हेर।
९) बन जङ्गल
रमणीय बसोवास्
खुला आकाश।
१०) शिरिष फूल
पहाडी परिवेस
मीठो सङ्गीत।
—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार
हालः म्याडिसन,अमेरिका
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment