~डा. बेङ्कटेश दास शर्मा~
योजना बन्यो एक वर्ष पहिले,
स्थान सुरक्षित भयो हिउँदै
बसन्त सँगै आयो तयारी सुचिपत्र,
ग्रिष्मको आगमन सँगै रमाउ है मित्र
शिविरको तयारी पूरा रातैमा,
मिर्मिरेमै छोरो चढदै छातीमा
करूण अवाज ठोकिन्छ कानमा,
‘ड्याडी जाऊँ अब बनमा, नत्र हुन्छ ढिला पङ्क्तिमा’ ।
तम्बू, किला, हथौडा, दाउरा, अनि थुप्रै राशन,
गाडी भयो पूर्ण शुरू भयो प्रस्थान
आधा घण्टा नबित्दै छोरी सोध्छे - ‘के हामी पुग्यौं ?’,
उत्तरखोज्न नपाउँदै भन्छे - ‘कि बाटो बिर्स्यौं ?’
गाडी बिसाउने, भार उतार्ने, तथा तम्बू ठड्याउने,
प्रकृति समिप साना हातहरु पनि कति कमाउने
ढुङ्गा, माटो, बृक्षका हाँगा काँपछन् एताउति,
मुटु प्रसन्न हेर्दै आगो को धुकधुकी ।
उठि सबेरै वयस्क एवं केटाकेटी,
जुस, ‘मील्क’, ‘फ्रेन्च रोस्ट’ त कोहि लिन्छन् ‘मील्क टि’
झिल्के (Fancy) अन्डा परिकार होकि भान्से हो झिल्के (fancy),
यहि सोच्दै घोरिन्छ सुशांख्य
पदयात्रा, भारी काँध अनि निर्मल झरना,
समय निश्चल, शितल हावा र बच्चाहरुको उतेजना
बिर्स्यायो थकाई, दृष्टी लहर भञ्ज्याङ्गमा,
मन्मश्तिष्कले सोंच्छ आइपुगे कहिँ कतै स्वर्गद्वारिको फेदीमा ।
विश्वासनियताले भरिपूर्ण मसला मिश्रित कुखुरा,
बनबिज्ञद्वारा प्रमाणित चटपटे अहारा
वरिष्ठ चिकित्सकले बाँडेको रक्सी,
प्रसिक्षार्थी गरेको स्वास्थसम्बन्धी गोष्ठी
फेरीपनि जाउँला गृष्मशिविर भन्ने प्रण,
नसमेटिएकाहरुसँग समेटिने उद्घोषण
फर्कि हेर्दा लहरहरु बन्दछन् दिवास्वप्न,
तथ्याङ्कबिदले राखेको तस्विर स्मृतिका पानाबाट मेटिन्न ।
डा. बेङ्कटेश दास शर्मा
२०७६-०२-२८
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment