Sunday, June 24, 2018

कविता : नेतालाई सन्देश


~गंगा मल्ल श्रेष्ठ~

बिरानो देशमा बसेका छौं एक जुट भएर
एक आपसमा मेलमिलाप गरी सत्कर्म गरेर
परिश्रम गरी पसिना चुहाई रोजगार गरेर
देशको माया अती नै लाग्छ बिग्र्यो छ बेहाल
समाचार सुन्छु देशको हाल बिभिन्न च्यानलमा यो मन भन्छ फर्कन देशमा बसौं न रमेर
केही गरुँ देशमै मेहनत गरी सत्कर्म गरेर
सुन्दछ न्युज बेरोजगार अत्यधिक बढ्यो रे
श्रमशक्ती सबै बिदेशतिर पलायन भयो रे
बुढा र पाका धेरै छन् देशमा के गरुन तिनिले
देशको शक्ती, श्रमशक्ती थियो मुल्य नै चिनेनौ
केही गरुँ भनी नेपाल फर्क्यौ त्यो रवी भाइले
फटाहा दलाल एकजूट भई सताए सबैले
सत्कर्म गर्ने रविको सपोर्ट उत्रिय विश्व मै
फटाहाको निर्मूल पारी देउ नेता, नेपालभरी नै
भाषाण भन्द कामले गर्देउ देशको बिकास
पलायन शक्ती फर्कन माहोल बनाइ देउ बिकासले
आफ्नै देशमा रोजगार पाए को जन्थ्यो बिदेश
खुशी भई बस्थ्यो परिवारसँग रमेर नेपाल ।।

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment