गाउँका ठिटाहरु श्रम गर्न बिदेशतीर झरीसके
गाउँका चेलीहरु घरजम गर्न शहरतीर पसिसके ।
त्यो बेसी, मेलपात, झारा धर्म गर्ने कतै
रोधीघरका बाजे बज्यै परार साला मरिसके ।
मारुनी र झ्याउरे गीत गाउँए गाउँ अब छैन
बाँझो रह्यो जग्गाजमिन सब्ले खोला तरिसके ।
मक्खमली र लालुपाते सिउरिने कोही छैन
कखरा पढाउने स्कूल थियो त्यही पनि खारेजीमा परिसके ।
कता गए कोईली चरी कोही भ्नी बोलाउने
सुनसान छ मेरो गाउँ आफैलाई चिन्न छाडिसके ।
त्यसैले त्यो जिन्दगी पहिचान हराएको मान्छे म
कुहिरोको काग जस्तै भूमरीमा परिसके मरिसके अनी झरिसके ।
(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment