Sunday, June 24, 2018

कविता : केटाकेटी


~लेखनाथ काफ्ले~

झ्याउकिरीका बथान जस्तै
झ्याउँ-झ्याउँ गर्दै
ढुलो उडाएर
नाचेर, उफ्रेर
रमे केटाकेटी ।

वैचारिकताको महललाई टाढा राखी
होहल्ला मच्चाएर
उफ्रे केटाकेटी ।
नयाँ पलाएका पालुवहाँरु जस्तो
सुन्दरतको महिमा तिनैले बढाए
द्वेषको भावना टाढा मिल्काएर
उफ्रेर, घुमेर होहल्ला मच्चाएर
एउटा आफ्नै संसारमा छन् यि केटाकेटी ।

लुकामारी जस्तै जीवनअलाई सहज बनाएर
हरेक पल एक उत्सव नै मनाएर
हाँसेर, खेलेर आँफैमा रमाएर
आफ्नै सृजन्शिल तालसँगै
नाँछे केटाकेटी
रमे केटाकेटी ।

म पनि हिजो थिएँ केटाकेटी
अझै सके रहर छ बन्ने केटाकेटी
तर समयले मलाई कती टाढा लाग्यो
अझै बन्न पाए हुन्थ्यो
छुच्चे केटाकेटी
फुच्चे केटाकेटी
स्वार्थपनमा दौडिरहेछु
सुधारन आफूलाई चाहन्छु, बनौं केटाकेटी ।

समय नै ठूलो बाँध भैदिएपछी
चुनौतीको चाङ्मा जीवन गैसकेपछी
कसरी बुन्न सकिन्थ्यो र ?
हाँस्ने केटाकेटी
नाच्ने केटाकेटी
छुच्चे केटाकेटी
फुच्चे केटाकेटी ।

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment