Sunday, June 24, 2018

छन्द कविता : स्वागत


~मित्र पौडेल~

छन्द : शार्दुलविक्रीडित

हाम्रो स्वागत बन्धुवान्धव सबमा आकाश धर्तिभरी
अर्को स्वागत विश्वका नजरमा जिवनेहरुमा पनि
यस्तै स्वागत गर्दछु नभमहा ति लाख तारा भरी
गर्छु स्वागत हाँसखेल सबमा योद्दाहरुमा पनि ।।1।।

अर्को स्वागत गर्दछु फेरी पनि नेपाली धर्तिमा
सिङ्गो भारतवर्षको उदयअको प्रभातिको लालिमा
शिक्षाको नवउन्नतिको प्रगतिमा निस्वार्थका बिज्ञमा
फेरी स्वागत नेपालको हीतगरी सल्लाहदिने वर्गमा ।।2।।

सारा बन्धुबिचरा वर्गहरु यि श्रद्धेय भई आगत
न्यानो स्वागत पस्किए स्वजनमा मुस्कानको स्वागत
शिक्षा प्रेम सुवासभाव भरिलो यो सुन्दरै क्षेत्रमा
आएका नवपहुना जनमहा हाम्रो सुस्ज्जनमहा ।। 3।।

(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment