Saturday, March 23, 2019

गीत : झझल्को तिम्रो आउँछ रातैमा

~सीता अर्याल~

तन्द्रामा प्रिया झझल्को तिम्रो आउँछ रातैमा
सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा

उडेर दुबै बादलु माथि पुग्दथ्यौँ सरर
हावाले तिम्रा ती काला केश पार्दथ्यो फरर
कति हो कति सम्झना तिम्रो फूल र पातैमा
सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा

कसरी काटुँ उदासी दिन कल्पना बुनेर
सिंदूर टीका सजाई मनको पोतेमा उनेर
सन्देश मेरो लैजा है चरी पिपलु पातैमा
सपना पनि देख्दछु तिम्रै पाउँछु साथैमा।

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment