Saturday, March 23, 2019

गीत : म कहाँ जाऊँ

~एल के गुरुङ~

म कहाँ जाऊँ सागर बिनाको नदी बनेर ।
म कसरी बाँचु मुटु बिनाको जीवन भनेर ।।

जूनसँग तारा बनी सँग-सँगै जिउँला भन्थेउ ।
मर्न परे मार्छु बरु मुटु तिम्लाई दिउँला भन्थेउ ।।
साथ छोडि उडी गयौ सिमलको भुवा बनेर ।
म कसरी भनुँ यो साथ बिनाको माया भनेर ।।

वाचा कसम खेल रहेछ आज सबै झुटा भए ।
प्रेमिल हाम्रो साथहरु सपना बनी उडी गए ।।
म कसरी हाँसु तिमी बिनाको जीवन लिएर ।
म कसरी बाँचु माया बिनाको आँसू पिएर ।।

३-१५-२०१९

-लक्ष्मी कुमार गुरुङ

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment