Saturday, March 23, 2019

कविता : अस्तित्व चक्र

~पूर्ण श्रेष्ठ~

धरती छ र त आकाश छ
आकाश छ र त बादल छ
बादल  छ र त पानी छ
पानी छ र त जीवन छ ।।

जीवन  छ र त काम छ
काम छ र त सङ्घर्ष छ
सङ्घर्ष छ र त परिवर्तन छ
परिवर्तन छ र त आशा छ ।।

मित्र छ र त नाता छ
नाता छ र त अपन्त्त्व छ
अपनत्त्व छ र त खुशी छ
खुशी छ र त जीन्दगी छ ।

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment