Saturday, March 23, 2019

हास्य-व्यङ्ग्य निबन्ध : सङ्ग्रहमा शब्दहरू

~अविमन पसछें~


बिहान बिहानै शुभ प्रभात व्यायाम गर्न लम्कँदै थियो ।
 
Good morning  भन्दै  मलाई morning walk जाने सोध्यो ।
 
आज भ्याउँदैन भनि टारीदिएँ । म परें भर्खर गाऊँबाट शहर झरेको नेपाली । status maintain गर्नू पर्छ भनि खुबै सम्झाउँथ्यो तर मलाई चाहीं खीस्सी गर्या जस्तो लाग्थ्यो।

शुभ प्रभातका काका शुभ रात्री को पनि ऊहि हाल हुने भईहाल्यो । आफ्नो भाई साँझ आउनुभन्दा पहिले party मा पुगी हाल्थ्यो । भोज नबोलाईने त्यो party मा रक्सीको थुप्रै सौताहरु थिए । vodka, whiskey, rum  आदी ईत्यादी । हल्का black label लाए पछि काका शुभ रात्री नयाँ हवल्दार मापसे लाई सराप्दै Good night भन्दै  लाग्थ्यो ।


Hello र नमस्ते बीच चाहीं खुब घम्साघम्सी हुन्थ्यो। नमस्ते पनि बिदेश घुमघाम गरीराख्ने भएकोले सजिलै हार मान्ने वाला थिएन । को first भएर प्रथम पुरस्कार जित्छ होला थाहा भएन ।
 
Thank you चाहीं Hello को sideमा र धन्यबाद नमस्तेको तर्फबाट ताली बजाउँथ्यो ।

अङ्ग्रेजीबाट ल्याईते सूप र सलादलाई त सम्मान दिएकै हो तर आजकल भान्छा आफै अछूत भएछ kitchen मा पस्न मनाही छ रे ।
 
सुकुलमा दुब्लो खाजा झोक़्राएर मरन्च्यासे देखिन्थ्यो ।
 
किन हो ब्रत स्रत त राखिनस् भनि बुझ्दा त, हैन आजकल lunch खान्छन् रे त्यो पनि spoon ले plate मा ।
त्यही भएर रिकापी र चम्चाहरू  पनि गल्हत्याईए रे ।

ऊहिले जङ्गबहादुर अङ्ग्रेजदेश घुम्न जाँदा पास्चात्य शैलीमा बनेको सिंह दरबारको कार्यलयहरुमा officeले घरजम गरी सक्या रहेछ ।
 
त्यहाँ I-card ले प्रमाण-पत्र लाई नचिनेर कागज-पत्र माग्दै रहेछ । मिठाईमा Quality कम देखेर जरीवाना लाएकोले सँगै गुण बहादुर पूर्पूरोमा हात राख्दै fine तिर्न line बसी राख्या रहेछ।

मोरा माफ़ ले के गल्ती गरेछ कान समात्दै sorry sorry भन्दै थियो । काम नबन्ने हो की भन्ने डरले बिचरा कृपया पनि please please भन्दै अनुनय-बिनय गर्दै रहेछ।

अरू त अरू जान्ने बुझ्ने परिवर्तन  नै  Change भएछ । नाम फेर्न Application  form लिन आएको रहेछ । “आवेदन यता” लेखिएको sign बोर्ड को यता उता हेर्दै थियो । शायद आवेदनको अर्थ नबुझेर हो की ? नयाँ नाम के राख्ने त सोधेको अङ्ग्रेजी लय बनाउँदै CHānj रे  ।
******

(मार्च २३, २०१९ का दिन सन्तोष-बिन्दू लामिछानेको निवासमा आयोजना भएको "२५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment