Sunday, September 16, 2018

कविता : नमिल्दो बिचार

~सुष्मा श्रेष्ठ~

 म गर्छु कुरो
विश्वाशको
तिमी गर्छौ
अन्धविश्वासको ।
तिमी गर्छौ बिज्ञानको
म गर्छु ज्ञानको
 अहो !
नमिल्दो रहेछ
बिचार हाम्रो ।
मानवता र नैतीकताको
कुरो मेरो
भ्रष्टाचारको कुरो तिम्रो
यसैले हिंड है तिमी
तिम्रै बाटो
म त हिंडे
मेरै बाटो
नगरौं है रोकारोक साथी
एकअर्काको बाटो ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment