Sunday, September 16, 2018

कविता : मुटु भित्र


~गंगा मल्ल श्रेष्ठ~

कता कता मुटु भित्र
पिल्सिएका व्यथाहरु
कागजमा कोरी दिएँ
अँध्यारोमा बस्दा पनि
उसैलाई देखी रहें
पहिलो भेट मै उसैलाई
आफ्नो मान्छे ठानी दिएँ
बिर्सनलाई प्रयास गर्दा
नजिकिन चाही रहें
अन्तिम सम्म सँगै बस्ने
जीवनसाथी रोज्न थालें
छुट्ने होईन सँगै बस्ने
कोशीश मैले गर्न थालें
जीवन देखी हरेस नखाइ
आत्तिएर बाँच्न थालें
समयको हुरी आई
मिलन पनि बनाई हाल्यो
हाँसी खुशी बाँच्न पाएँ
जीवन मेरो खुशी भयो
कता कता मुटु भित्र
पिल्सिएका व्यथाहरु
कागजमा कोरी दिएँ ।।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment