Sunday, September 16, 2018

कविता : सङ्कल्प पूराण

~दिनार 'रनादी'~
                                      
अध्याय एक

सुखशान्ति र सम्बृदिको लागि गृहलक्षमीकाे नित्य पूजा गर्ने
भनेको सकभर खुरु खुरु मान्ने
बादबिबाद सकभर गर्दे नगर्ने
सहन सक्ने जति सबै सहने
सहनै नस्क्ने भए पछि
बाथरुममा छिरेर
चीसो पानीले नुहाउदै
ठूलठूलाे श्वोरले भजन गाउने
येत्ति गर्न सकियो भने
घर गृहस्थि राम्रै चल्छ भनि
 मक्क्ख पर्ने ढुक्क हुने।

अध्याय दुई

जाड रक्सि छुँदै नछुने
आफ्नो पैसा खर्च गरेर त
जाड रक्सिको नामै न लिने
साथिभाइले धेरै कर गर्यो भने
चुस्सचुस्स एक दुई पेग लिने
धरै दुख लाग्यो भने
एक दुइ पेग पिउनै पर्यो
सुखमा सेलब्रेट गर्नै पर्यो
मन दुख्दा वा जिउ दुख्दा
औसधिको रुपमा पिउनै पर्यो
येसरि मन थाम्न सकियो भने
जड्याहा भैइन्न भनि ढुक्क भएर जिउने
यहि खुसियालिमा एक दुइ पेग पिउने
बाचुन्जेल जड्यहामा नगनिइ जिउने ।

अध्याय तीन

साथि भाईसँग सुमधुर सम्बन्ध राख्ने
सक भर ठुलो स्वरले नबोल्ने
हात हाला त गर्दै नगर्ने
सकभर सहने, सहनै नसके
सहमतिकाे बाटाे खोज्ने
सहमति गर्नै नसकिए
लामो लामो सास फर्ने
बिपस्यना ध्यान गर्ने
ध्यान भङ्ग भए पछि
साथीभाइ गए पछि
भुइमा मुडकि बजार्ने  
ठूलाेठूलाे स्वरले गालि गर्ने       
फुलेकाे सेताे कपाल
टुइजरले तान्ने  
रिस शान्त भए पछि
हरे कृष्ण भजन गाउने
यति गर्न सकियो भने
रामो मान्छे भइयाे  भनि ढुक्क हुने ।

अध्याय चार

दिनको एउटा कबिता लेख्ने
दिनदिनै कबिता लेख्न नसके
कोठे कबिता कार्यक्रम मा
कनिकुथि भए पनि
एउटा कबिता लेख्ने लेख्ने
कोठे कबितामा  पनि कबिता लेख्न नसकिए
बर्सको एउटा कबिता जसरि पनि लेख्ने
कबिता लेख्नै नसकिए
अरुले लेखेकाे राम्रो कबिता सारेर
साथि भाइ लाइ सुनाउने
यति गर्न सकियाे भने
म्याडिशनमा प्रख्यात कबि भइयाे भनि
शीर उचालेर नाक फुलाएर हिडने ।


अध्याय पाँच

गृहलछमिको नित्य पुजागरेर घरगृहस्थि सफल पार्ने
जाड रक्सि नपिएर स्वस्थ्य र खल्ति बलियो पार्ने
साथी भाइ सङ झगडा नगरेर आदर्स ब्यक्ति बन्ने
राम्रो कबिता लेखेर महान कबि भनाउने
यो सन्कल्प मेरो धेरै काल देखि जारि छ
तर अहो यो त धेरै ठुलो  भारि छ
दिन दिनदिनै बिर्सन्छु
छिनछिनै चिप्लन्छु
लड्छु तर म उठ्छु
झगडा गर्छु तर म माफि माग्छु
पिउछु तर म फेरि नपिउने बाचा गर्छु
सन्कल्प यो म बारम्बार गर्छु
प्रत्येक बर्स म यो सन्कल्प दोह्र्याउछु ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

No comments:

Post a Comment