Sunday, September 16, 2018

कविता : गन्तव्य

~प्रदीप केसी~

मैले अङ्क गनेको छैन,
ग्रह, नक्षत्रको राप, ताप, छल गनेको छैन
गन्ती नभएपछी, ईतिहास हुँदैन,
ईतिहास नभएपछी सम्झना हुँदैन ।

कती पुरुष छन्,
कती महिला छन्,
कती बिचका छन्,
कती ३० भन्दा मुनिका,
कती ३० देखी ५० सम्मका
कती ज्यष्ठ नागरिक,
कती गडीमाईमा बोका, परेवा बली दिएकाछन्
कती म्लेक्ष्य देशमा शरणार्थी छन्
कती परिक्षा दिईयो,
कती मन्दिर दर्शन गरियो
कती जिल्ला बसियो गनिएको छैन
किनभने गन्तव्य पहिलाउन सकेको छैन ।

मैले अङ्क गनेको छैन,
ग्रह, नक्षत्रको राप, ताप, छल गनेको छैन
गन्ती नभएपछी, ईतिहास हुँदैन,
ईतिहास नभएपछी सम्झना हुँदैन ।

गन्तव्य नभएपछी पतञ्जली योग पीठको
कार्यक्रम, प्राणायम, योग, नेट, ईन्टरनेटबाट सहभागि हौं ।
जहाँ बियोग होईन, जोड(योग) हुन्छ
जहाँ कसैको मन अडिएको छैन भने
कहाँ जाने, कसकहाँ जाने, द्विबिधा छ भने
रामदेव कहाँ जाउँ, 'ॐ' जपौं ।
अनुलोमबिलोम, भ्रस्त्रिका, कपालभाती
पवनमुक्तसन, शिर आसन,
ध्यान(बिपस्यना)मा सहभागि हौं ।
जहाँ हरेक शरिरका अङ्ग, प्रत्याङ्ग
खुम्चिएका, च्यापिएका, थिचिएका
पिसिएका नसलाई खुलाईन्छ, जोडीईन्छ ।

मैले अङ्क गनेको छैन,
ग्रह, नक्षत्रको राप, ताप, छल गनेको छैन
गन्ती नभएपछी, ईतिहास हुँदैन,
ईतिहास नभएपछी सम्झना हुँदैन ।

राहुल छोडेर चेतक सवार बुद्धको
मुक्ति(ज्ञान) प्राप्तको समय आज पनि त्यहीं छ ।
त्यही सिद्धान्तद्वारा प्रतिपादित शान्ती प्राप्त गर्ने
मानव भौतारिरहेछ ।

मैले अङ्क गनेको छैन,
ग्रह, नक्षत्रको राप, ताप, छल गनेको छैन
गन्ती नभएपछी, ईतिहास हुँदैन,
ईतिहास नभएपछी सम्झना हुँदैन
किनभने गन्तव्य पहिल्याउन सकेको छैन ।

(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment