टाढा थियो बास मेरो देख्न सकिन
देख्न भनि वर आउँदा हेर्न सकिन
तिमीले त झनै आफ्नो ढकनीले ढाक्यौ
त्यो आँखालाई मेरो लागि बन्दै गरि राख्यौ
न शब्द उघार्यौ, न बोली बसाल्यौ
न अधर मुस्कायो, न आँशु खसाल्यौ
(बसिबियाँलो छोड),
"आयौ तिमि" सम्म पनि मैले सुनिन
केहि भन्न खोज्दै थियौ कि मैले बुझिन
शरीर स्तब्ध भए, आत्मा ले बोल्दो हो
यो अबरोधको बोधले तिमीलाई नि पोल्दो हो
के भयो, के भोग्यौ केहि जानिन
तिमीले छाडी जान्छौ भन्ने मान्दै मानिन
विधिको बिधान संग हार्न गाह्रो भो
बाँचिरहेको मायाहरू मार्न गाह्रो भो
न शुन्यमा झुल्कियौ, न भीडमा उक्लियौ
समयको गतिमा, मलाई छाडी निक्लियौ
तिमीलाई खोज्न नजर चारै तिर धाउछु
मात्र तर तिमीलाई मेरो बन्द आँखामा पाउँछु।
(अक्टोबर १ , २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)
No comments:
Post a Comment