Saturday, October 1, 2016

कविता : आमा तिमीलाई कस्तो छ ?


~तिलकराम लुईटेल~

आमा तिमीलाई कस्तो छ ?
तिमीलाई राणा शासन फापेन
तिमीलाई राजातन्त्र फापेन
तिमीलाई निर्वाचन व्यवस्था फापेन
तिमीलाई पञ्चायती व्यवस्था फापेन
तिमीलाई सुधारिएको पञ्चायती व्यावस्था फापेन
अगणतान्त्रिक व्यवस्था संबिधान पाएकी छौ

तैपनी तिम्रा सम्पूर्ण सन्तान खुशी छैनन्
फाँटकाहरु ठूला फाँटकाहरुको उक्साहटमा छन्
डाँडापाखाकाहरुलाई डाँडापारिकाले नियालिरहेछ
तिम्रा आफ्नै सन्तान आपसमा काट्मार गर्दैछन्
कहाँँ छ ?
महाकवीले भने जस्तै सुन्दर-शान्त देश नेपाल
त्यसैले सोध्दै छु आमा तिमीलाई कस्तो छ ?

(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)

No comments:

Post a Comment