Saturday, October 1, 2016

कविता : समर्पण

~मित्र पौडेल 


निस्वार्थ मनमा मेरो राष्ट्र नै थियो जीवन
हे वत्सत्मयी आमा, जिन्दगी छ समर्पण

सर्वस्व जिन्दगी मेरो मन होस अथवा धन
राष्ट्र कै हितमा मूर्दा हुँदा सम्मा पनि तन ।



जननी जन्मभूमी हुन स्वर्ग भन्दा पनि ठुलि
करुणा गरे हे, आमा मेर गल्ती सबै भूली

फर्कन्छ शत्रुको सेना ठूलो समयमा पुगी
हारी फर्कन्न गोर्खाली युद्धको मोर्चामा पुगी


(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)

No comments:

Post a Comment