Saturday, November 22, 2014

कविता : अमुल्य वरदान

~रवी शाह~



नित् नौला  सपना संगाल्नु, टुटिनु,  
छुट्टिनु, गुमाउनु पाउनु.
येही संघर्ष नै हाम्रो भविष्य   वर्तमान हो.

                              लडदै पड्दै, हास्दै रुदै, एक अर्का  
               लाई दुख सुख मा साथ दिदै,
                              जीवन यात्रा मा अघि बड्दै जानु,  
               यसै मा  हामी सबै को कल्याण हो.


मानव जीवनमा ब्याप्त असुरक्षा,
दुख, भ्रम, भय, भेद-भाव उग्रता
अन्ध-विश्वास अन्ध-भक्ति, अनुशासनहिनता  
अराजकता, के हामी लाई बना को गुलाम हो.

सुख समृधि को लागि,  कसे ले रुप परिवर्तन गर्यो,
कसे ले स्थान, कसे ले धर्म बेच्यो, कसे ले इमान
 जीवन कहिँ सतरंगी, कहिँ बलिदान हो.

आधुनिकता को नाउ मा, मूल्य-मान्यता संस्कार हिनता
यो सम्रिधि को सूचक होइन, यो जीवन को अपमान हो.

                              सबै जीव मा    संवेदनशीलता, प्राण वायु,  
               आत्म-तत्व, सुख दुख को अनुभूति 
                              प्रकृति ले, बिना भेद सबै जीव लाई दे को माया समान हो.

जन्म मरण को भेद मेटाउदै, कर्म संस्कार लाई आदर्श मानी, अघि बढ्नु
यो बस्तु बिशेष, क्षेत्र, जात होइन, सम्पूर्ण बिश्व को सामु मानवता को सम्मान हो.

खोसा  मेरो जीवन, भत्काऊ  मेरो सपना 
मेरो जीवन मलाई  फर्काइ  देउ मेरो निर्माण हो.

गर उपहास मेरो प्रेम को
निश्छल प्रेम को गाथा नै मेरो पुराण हो.

                        जस लाई रोजे, उसै लाई खोजे, जस लाई पुजे, उसै लाई माने
                         जीवन प्रति   को यो अस्था  नै  मेरो भगवान हो

सबै को जीवन को होस् मोल, होस् कसै ले गर्दा कसै लाई हानी
सबै को होस् भलो, सबै को होस् स्वछन्द, स्वतन्त्र विकास, यो मेरो अभियान हो.

जीवन चार दिन को खेल, यो सत्य बाट  हामी कसरि अनभिज्ञ अन्जान हो.
जीवन लाई  गरौ  मान, जीवन श्रीस्टी को अमुल्य  बरदान हो.

 कोहि देश लाई आफ्नो अविवेकशिल सोच बाट क्षेत्र  
वर्ग मा बांटन खोज्ने,कोहि उत्तर नियाल्ने, कोहि दक्सिन धाउने,
राष्ट्र, राष्ट्रियता राष्ट्र प्रेम, विभिन्नता मा एकता हाम्रो पहिचान हो.

शान्ति को स्थापना, देश मा सु-द्रिड संविधान सुरक्षा को सुनिश्चिता 
यो देश क़ा जनता को तर्फ बाट, नेता हरु लाई संज्ञान हो.

जहाँ जन्मियो शान्ति को दुत भगवान बुद्ध, ममता कि खानी आमा जानकी
जहाँ विश्व को सर्वोच्च शिखर, त्यो धरती, हाम्रो प्यारो देश नेपाल महान हो.

 (नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment