Saturday, November 22, 2014

कविता : बिदेश का बेदना

~वेदमाया धिमाल~

निजा जन्मभूमि निज जन्म माता
निजा वेद विद्या निजा मात्रि भाषा
उ हुन स्वर्ग भन्दा पनि मान्नु पर्ने ।
उनै झन छुटेछन कसो आज गर्ने ।।

जगतमा डुलौंला कमाई गरौंला ।
सकेसम्मको शिप विद्या सिकौंला ।
धनी भै गुणी भै फिरौंला स्वदेश
भनी आईएथ्यो यतै फँसिएछ (२)।।
माता पिता सारी अरु हित पाउँदैनन
उनलाई दु:ख दिनु कती पनि हुँदैन
ज्युंदै छँदा
पछी पनि दान मान
गर्दै रहुँ बखतमा जल पिण्ड दान ।
थियौ कस्तो हामी अब दिन दिनै के हुन गयौं
थियो कस्तो जन्मस्थान अब कता गयौ
थियो दर्जा कस्तो अब कुन दर्ज जगतमा
बिचारै यै चर्चा क्षण मारे पनि यै भखतमा । ।
(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment