Saturday, November 22, 2014

कविता : मनको व्यथा

~डा. रोशा पोखरेल~



नयनमा आयो कालो यो चित्र
मानको व्यथा फुकौँ कसरी
गढ्द किल्ला यो छाती भित्र
गहिरो घाऊ लुकौँ कसरी ?


दिनले ओड्दा रातको जामा
कुन्नी के गार्दी हून् मेरी आमा
बालाइ नि निन्द्रा काहाँ पर्दो हो
एक्लोपनले कति पोल्दो हो
चरी हैन पखेटा छैन
उडी मा जाऊँ, जाऊँ कसरी
मानको व्यथा फुकौँ कसरी
गढ्द किल्ला यो छाती भित्र
गहिरो घाऊ लुकौँ कसरी ?

छिट्टै नै आउँला भनेर आएँ
बाचा नि त्यही भनेर खाएँ
हेर्दी हुन् बाटो मेरी आमा
सुस्केरा लिँदी हुन् लामा लामा
फर्की मा जाऊँ बाटो छैन
पाइला सारुँ सारुँ कसरी
मानको व्यथा फुकौँ कसरी
गढ्द किल्ला यो छाती भित्र
गहिरो घाऊ लुकौँ कसरी ?

(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment