Saturday, September 17, 2022

कविता : मायाको गुञ्जन

 ~अनिमा ढुङ्गेल~

आँखामा आँखा जुदाउँछु
मन भावुक हुन्छ
नजिक सरेर सुमसुमाउँछु
हत्केलाहरू उस्तै रमाउँछन्
सँगै घुम्न भनेर हिंड्छौं
पाईला उत्साहित हुन्छन्
केही क्षण रोकेर अनुहार हेर्छु
दारा र भुत्ला पनि सुहाउँदाछन्
यि चार खुट्टाहरूको तालमा
मायाको गुञ्जन बजेकोछन्
टुलु टुलु हेर्छ पुच्छर हल्लाउँदै
खान्छौ चिची र पापा बाँढ्दै
आँखामा आँखा जुदाउँछु
मन भावुक हुन्छ ।

- डुकको लागि समर्पित 

(सेप्टेम्बर १७, २०२२ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "३५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)  

No comments:

Post a Comment