Saturday, September 17, 2022

कविता : टुकुचा भेटियाे रे

 ~अयाेध्या बाटाजू~


टुकुचा तिमी कता हराई रहेकी थियाै
पूर्ब जन्म देखि खाेजी रहेथें मैले
अँधैर्य पुर्बक, बडाे निरास, निरास भएर।
तिमीलाई कसैले अपहरण पाे गर्याे की
या रहरले लुकामारी खेल्दै थियाै कि।

टुकुचा तिमी कतै देखिन्छाै रे
कतै तिमी हराउँछ्याै रे
कतै भने तिमी सुटुक्क चलचित्र हेर्न
जयनेपाल तिर लाग्थ्याै रे।

काेही भन्छ तिमीलाई
धनपिचासले लुकायाे रे।
काेहि भन्छ तिमीलाई
भू माफियाले बलात्कार गर्याे रे।

रहरले लुके पनि बदमालले लुकाए पनि
मेराे याे जन्ममा बल्ल दर्शन पाएँ तिम्राे
बालेन भाईकाे साहसिलाे खाेजीले
महानगरकाे नयॉं युवा मेयरकाे प्रयासले।

अयाेध्या बाटाजू
म्याडिसन, विस्कान्सीन।
सेप्टेम्बर १७, २०२२

(सेप्टेम्बर १७, २०२२ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "३५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment