~गंगा मल्ल श्रेष्ठ~
फूलहरु टिप्न फुलवारीमा होईन पसलतिर धायो
कागजको फूलहरु चढ़ाएर भगवान ख़ुशी बनायो
त्यसैले त मनुष्यहरुलाई प्रसाद कोरोना पठायो
आधा वर्ष बढी भयो विस्व ब्रमाण्ड नै हल्लायो
हिजो आज संस्कार र संस्कृतिको विकृती आयो ।
कुनै कुनै पुरुषहरुको त विवेक पनी धेरै नै हरायो
नारीहरुलाई शोषण र हिंशाहरुले धेरै नै दबायो
के पुरुषहरुलाई जन्म दिने नारीहरु नै होईन र ?
हिजो आज के नारीहरुलाई सम्मान हुदैन र ?
हिजो आज संस्कार र संस्कृतिको विकृती आयो ।
तिजको गितमा नारी भन्दा पुरुषहरु नाच्न रमायो
तिजमा गाउने वरिलैका भाखाहरु लोप भई हरायो
रातो साड़ी , चोलोहरु बिर्सिएर अर्ध नग्न देखायो
तिजमा खाईने दर पनी अर्कै परिकारको बनायो
हिजो आज संस्कार र संस्कृतिको बिकृती आयो ।
माली गाईगहरु सिंगारिएर गाई जात्राहरु हुन्थ्यो
हिजो, आज यूट्यूबभरी फलाकेरै गाई जात्रा मान्यो
मान्यजनहरुको मर्यादा छैन मोवाईलमा नै झुम्यो
मोबाईलबाटै प्रश्न र उत्तर दिंदै मोबाईलमा नै रम्यो
हिजो आज संस्कार र संस्कृतिको बिकृती आयो ।
(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता
अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं
नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment