~निजानन्द मल्ल~
बॉसको ढुंग्रो खोपेर टबज्छ मिठो धुन बॉसुरी।।
तिल मै तेल छिपेको हुन्छ पेलेर नै निस्कन्छ।
दुध मै हुन्छ ध्यु मथेर दहि अनि नौनी तैरिन्छ।।
नगरी कठोर परिश्रम यहॉ को भाछ सफल ?
कम्मर आफै नकसेसम्म कहॉ बन्छ नेपाल ?
कसैले गर्लान् भनेर बसे अब बियॉलो हुनेछ।
उठेर सब जुटेर लागे नै देश अवश्य बन्नेछ।।
(अगष्ट १, २०२० का दिन राजेन्द्र-सिता
अर्यालद्वारा संयोजन गरिएको अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३१औं
नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment