बिहानीको खाना ब्रेक्फास्टबाट
बेकन अण्डा रोटी के खाने आज ?
वाफल, मह, केरा आधा आधा
कि खाने पाउरोटी सदा
दिउँसोको खाना लन्चको पालो
चीज स्यान्ड्विच कि स्वस्थ सलाद
कि खाने मेक्सिकन टाको
अमीलो पिरो चट्ट भाको
अब राती खाने डिनर
खाने भात पनीर मटर
कि चिकेन अनी धेरै बटर
खाउ पुराएर आफ्नो रहर
अब पालो मलाई मनपर्ने
गुलियो डिजर्टले पेट भर्ने
आइस्क्रिम, कुल्फी, केक के खाने
भनेर दिन भरी कुर्ने ।।
(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित
पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे
साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment