Saturday, September 26, 2015

कविता : कविता


~तिलकराम लुईटेल~

कविता तिमीलाई देखेको, जानेको र बुझेको छैन
तर
तिमीलाई सम्झिरहन्छु, माया गर्छु ।

कल्पना गर्छु
तिमी सुन्दर हौली
तिम्रो सुडौल नाडी
हात्तीको सुंड जस्तो तिघ्रा
बारुलाको जस्तो कम्मर

मृगको जस्तो आँखा
विकसित वक्षस्थल
अर्ध चन्द्र जस्तो ललाट
डोब परेका पुष्ट गाला
लामा लामा केश
मोती जस्तो दाँत
सिलिक्क परेको नाक
सर्लक्क मिलेको शरीर
भन्छन रुपवानहरुलाई आफ्नो रुपको घमण्ड हुन्छ
त्यसै कारण होला तिमी मसँग सदासदा टाडै रहन्छ्यौ ।।

(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment