~कल्पना ढकाल रिजाल~
उन्लाई अरुसँग बोल्नु थिएन
उनी त आफैमा रमाउँथिन् ।
आफैसँग गफ गर्थिन् ।
उन्कै सानो दुनिया थियो ।
माया गर्दा रिसाउँथिन् ।
झर्केर बोल्दा मुस्कुराउंथिन् ।
अनी मलाई प्रश्न उठ्थ्यो,
सोधूँकि भन्दा डर लाग्थ्यो ।
मेरो बालककालमा
ठूलीलाई सोध्ने प्रश्न थिए
ठूलीको बारेमा जिज्ञासा कति थिए
सबैले ठूलीलाई बुझ्न चाहन्थेँ तर आफ्नै तरिकाले ।
उनीलाई त उनकै सतहबाट बोल्नु पथ्र्यो
तर अहिले ठूली छैनन् हामिसँग
ऊ रमाउँदैछन् आकाशमा तारासँग
आकाशमा हेरेर बोलाउँछु उनिलाई
उत्तरमा पाउँछु “म टाढा छु, तर म जस्तैलाई बुझ र माया देउ”
कूहिरो लाग्दा सोच्छु
आज खुशी छैनन् किन होला हाम्री ठूली
मईले पो उ जस्ती महिलालाई माया गरिन कि?
बुझेर पनि बुझ्न पो चाहिन कि?
आज ठूलीसँग बोल्ने अनि उस्लाई बुझ्ने भएँ
म पनि त ठूली भएँ ।
(डिसेम्बर ३१, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२४औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment