Monday, January 4, 2016

कविता : ईश्वर, धरती र मनुष्य

~पूर्ण श्रेष्ठ~

ईश्वरले धरतीमा सबथोक  दिनुभो
तर, तेस्लाइ पूर्णता दिने काम मनुस्यलाइ छाड्नुभो /

ईश्वरले बिजुलि दिनुभो, तर, बादलमा छाड्नुभो
ग्यास, तेल, उर्जा, दिनुभो, तर, चट्टानमुनि छाड्नुभो /


नदीहरु दिनुभो तर, पुल बनाउनु भएन
पहाड्हरु बनाउनुभो तर, पैदल बाटो बनाउनु पर्नेभो /


ईश्वरले रुखहरु दिनुभो तर, काठ, फार्निचर दिनुभएन
हीरा दिनुभो तर, बुट्आ  भर्नुभएन /

सँगीत दिनुभो तर, गाउनु भएन
नाटक दिनुभो तर, कलाकार चाहिनेभो /

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment