Saturday, January 2, 2016

कविता : भुँडी बोकेको छु

~आविष्कार भारती~

भुँडी बोकेको छु भन्दा अचम्म लाग्ला
एउटा पुरुषले भुँडी ओक्यो नि भन्लान
तर हो मैले भुँडी बोकेको छु ।।

पुट्ट बाहिर निस्केको
मेरो प्रगतिको चिनोस्वरुप
एउटा भारी बोकेको छु

लगाएको टि-सर्टलाई सुटुक्क
अगाडि धकेलो बोसोरुपी
खनाको डोको बोकेको छु
हो मैले भुँडी बोकेको छु ।।

पिज्जा पास्ता अनी चाईनिज खानाको मिठास र पौष्टीक पुगेर
बियर बेकन बिफ र पोर्कको चस्का पसेर
मन्सुलीको बानी बास्मती नफापेर
हो मैले भुँडी बोकेको छु ।।

खै हजुर के भनुँ
सोँच्नु होला फेरी कसैको पाप बोकेको छु
तर पाप भन्नु कि धर्म हजुर
मैले बोसोको थाक बोकेको छु
हो हजुर हो , मैले भुँडी बोकेको छु ।।

(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment