~अनिमा ढुङ्गेल~
मेरो मुटु छ ब्रम्हाण्ड जत्रो
जे जती सारा अटाउन
मानवता छ जुन यत्रो
को, कती, कुनै पर्दैन कटाउन ।
चरा, चुरुङ्गी, जीव, जन्तु
पानीमा होस् कि जमीनमा
हिँड्ने, नहिँड्ने, पौडी खेल्ने
ढुङ्गा मुनी वा माटोमा
मेरो मुटु छ ब्रम्हाण्ड जत्रो
आउ बसीदेउ माझमा
कुनै सीमाले घेरिएको छैन
घुईंचो, थिचो मिचो बिना ।
(सेप्टेम्बर १७, २०२२ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "३५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment