~अबिमन पसछें~
चुनाबी नारामा देशलाई
अब्बल दर्जामा पुर्याइयो
भ्यागुतो रट्टयाउने मात्र हो
पानी पार्ने हैन
निक्कम्मालाइ बारम्बार
अगुवा चुनियो
भेडे गल्ती मात्रै हो
गोरुले ब्याउने हैन
कर्मको हिसाब नगरी
स्वर्गको अभिलासा राखियो
पण्डितले भट्टयाउने मात्र हो
बैतरणी तार्ने हैन
गाह्रो साह्रो पर्दा
साथ दिने थोरै भेटीयो
फोका फैलिने मात्र हो
टेको दिने हैन
रामायण पछि पनि
रावणहरु जन्मी रह्यो
शास्त्र मार्ग दर्शन मात्रै हो
पापीलाई ढुकेर रोक्ने हैन
(सेप्टेम्बर १७, २०२२ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "३५औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment