Sunday, July 29, 2018

छोटो कविता(छोक) : प्रतिक्षा

~आविष्कार भारती~

आशा सबै मारेर
इच्छा सबै त्यागेर
बैभवसागरको किनारमा लुछिँदै
सौर्यतालाई सुन्यतामा अलप गराउँदैशिकारी असमयमै समयको शिकार भएर
कान्तीहीन दीप्तीहीन अस्तौँदो प्रभाकर सरी
ऐकान्तिकताको तिक्ततामा पल भुलाउँदै
अन्तिम घुट्को जिन्दगीको पिउँदै
भन्छिन् बिचरा बा
छोरो अझै आएन ? 
(जुलाई २९, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२१ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )   

No comments:

Post a Comment