Sunday, April 12, 2020

बाल कविता : कालो आकाश

~आन्या पाण्डेय~

कालो आकाश
सुत्ने समयको 
मलाई दिन्छ आभास

कालो आकाश
चम्किलो तारा 
शान्त चन्द्रमाको प्रकाश
कालो आकाश
मलाई बनाउँछ शान्त
अनी दिन्छ साहस  

कालो  आकाश
एउटा बिशेष आकाश
शान्त मन बनाउने मेरो प्रयास ।

(अप्रिल १२, २०२० का दिन शर्मिला पोखरेलद्वारा सञ्योजित पहिलो पटक अनलाईन मञ्च जूमका मध्यमबाट आयोजना भएको "३०औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment