Saturday, December 7, 2019

कविता : भाग्य

~शर्मिला पोखरेल~

भाग्य खोजेर होईन
कर्मले पाईन्छ ।
सम्बन्ध लडेर होईन
जोडेर पाईन्छ ।

घामको प्रकाशबाट बाँच्न
छहारी नै चाहिन्छ
परचक्रीबाट होईन माया
आफन्तबाटै पाईन्छ ।
भाग्य खोजेर होईन.......

सुखमा त सबै छँदैछन्
दु:खमा कोही हुँदैनन्
जो दु:खमा साथ हुन्छन्
उही नै सँधै आफ्नो हुन्छन् ।  
भाग्य खोजेर होईन.......

(डिसेम्बर ७, २०१९ का दिन प्रदीप-रुकु केसीको निवासमा आयोजना भएको "२९औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment