Saturday, April 14, 2018

नाटक : कुइरे चिया पसल

~अविमन पसछें~


पात्रहरु :
बुढा कुइरे साहुजी
बुढी साहुनी
ग्राहकहरु

  भाग १

 बुढा : तेरो बाउ  मेरो बाउ  मिछा मार्न  गिया  तलाईं टाउको मलाई पुछ्चार बराबरै  भया  मियालु

 बुढी:   बुढा , बूढा , ओइ कुइरे बुढा के गाइ रा होला

 बुढा : किन।  मा ता जवानै  छु किन बुढा भनेको

 बुढी: नेपालमा त्यो के रे के honey लाई बुढा  भन्छ क्या

 बुढा : ऐ  आच्चाम्म

 बुढी: लु म तल पन्धेरिमा पानी लिन जान्छु ।  तिमि पसल हेर है।  चिया बनाउन आउँछ नी

 बुढा: चिया बनाउन के गार्हो छ र। दुध र चिया उमाल्न पनि

भाग २

 ग्राहक इशान : चिसो चिसो हावामा

  ग्राहक अर्हत : ताक्धुम

 अर्हत : तातो तातो चियामा

 इशान  वाह गजबको गीत बन्यो

 ग्राहक इशान : खै  तात्तातो चिया खाम त दुइ कप

 अर्हत : चिया तातै  हुन्छ गाँठे

 कुइरे साहुजी : ए  तातो चिया

 इशान :चिसो चिया पनि  पाइन्छ पसल चिन्नु पर्यो नी

 अर्हत: घरको सट्टा ढल तिर पुग्ला नी

 कुइरे साहुजी: ल लिनुस तातो चिया

 एकछिन चिया खाँदै

 इशान: चिया  मिठो बनाए  छ

 अर्हत: कति पैसा भो चियाको

 साहुजी: २ कप चियाको २० dollar हैन हैन रुपिया

 इशान: ल यो २० रुपिया र ५० पैसा टिप्स

साहुजी: धन्यबाद

 इशान: याद राख्ने भो यो कुइरे साहुजी ले पनि दिलदार नेपाली लाई

साहुजी: रमाइला  रहेछन  केटाहरु

भाग ३

ग्राहक अबिमन: काठमाडौँ सिटी   ल मवईगु   हिटी

ग्राहक पर्वत :काठमाडौँ सि च्वांक च्वांक ठिटी

 अबिमन: च्वांक चिया  बनाउ त कुइरे जी

साहुजी: चिया छ च्वांक छैन । च्वांक त मेरो बुढी मात्र छ

 पर्वत : मेरी प्यारी प्रियंका जस्तो च्वांक

 अबिमन: ये हुने वाला भाउजु को नाम इज्जत साथ लिउ त

 पर्वत : कसको भाउजु हुन्छ हेरौंला  ( दोस्त दोस्त न रहा। । background  song by Navraj Panday)

साहुजी: चिया छ च्वांक छैन ल पसल अगाडी झगडा गर्ने हैन

अबिमन: ज्यान दिइन्छ ज्यान लिइन्छ प्रियंका कार्की को लागि

 पर्वत : धुलो  पिठो बनाई  दिन्छु प्रियंका चोपरा को लागि

  अबिमन: प्रियंका कार्की

 पर्वत : प्रियंका चोपरा

 अबिमन & पर्वत : ये दोस्ती हम नहीं तोदेंगे तोदेंगे हम मगर प्रियंकाको नहीं छोदेंगे

साहुजी:  के तालको ग्राहक आउँछन

  भाग ४

 आसुतोश : पानको पात माया तिमीलाई सम्झिन्छु दिन को रात मर्स्यान्ग्दी सलल (नाच्दै)

 (PRACTICING ENGLISH) : YOUR SON गाइने GONNA BE

साहुजी: YA YA MY SON केहि गर्न आउँदैन

ग्राहक आर्यमन पसछे ( लाहुरे को भेष मा) : मलाई एउटा दामी चिया ख्वाउनुस त्।

 साहुजी:   कस्तो चिया होला (सोच्दै) दामी  त छैन

 ग्राहक आर्यमन : झूर चिया त खाँदैन यो लाहुरे ले.

साहुजी: दामी रे झूर रे के खान आको होला

आर्यमन : जाम आसुतोष

आसुतोश : कुइरे बाउ ल मा गएँ

साहुजी: के गर्न जाने ?

आसुतोश :  जे आउँछ त्यो गर्न

बिनोद: WHAT KNOW YOU लाई

आसुतोश : घुम्न आउंछ

 भाग ५

साहुजी: ओहो नो BUSINESS  बुढी रिसाइनेस

बिनोद:  worry no.  Customer लाई I call

अर्चना श्रेष्ठ ( PEDESTRIAN) ( झोला लिएर प्रवेश )

बिनोद: whistle

अर्चना श्रेष्ठ : को हो सिटि बजाउने  कस्तो असिढ़ी हरु तरुनी त् देख्नै नहुने

साहुजी: बास् नुस,  बास् नुस   चिया खानुस

अर्चना : के रे।  कुखुराको भाले हो र बास्न  लाई।  अहिले कपाल भुत्लाई दिन्छु।

बिनोद:   भो भो  बस्नुस भनेको  say know don’t American owner लाई

अर्चना : sorry sorry

साहुजी: no problem no problem

बिनोद: busy where going अंग्रेजी त फ़ररर  निस्की हाल्छ

बिनोद: कंहा  हतार मा जान लग्नु भा को

अर्चना : हत्तार  छ  IRONMAN फिलिम  हेर्न जान लाएको

बिनोद: I also go IRONMAN.  खुकुरीमा धार लाउनु थियो

भाग ६

ग्राहक लक्ष्मी: मनको पर्दा खोलि हेर्दा तिमीलाई देखें माया भनि तिम्रो नाम यो मुटुमा लेखें

साहुजी : आहा कस्तो राम्रो ग्गेत गाउनु भयो मलाई त खुबै मन पर्यो

लक्ष्मी: मै च्यांग लाई   भनेर गाएको हो

लक्ष्मी: ल एउटा मसलादार चाय ख्वाउनुस त

 साहुजी :के भन्छ  चियाले exercise गर्छ र   muscle  हुन् लाइ

 लक्ष्मी :मसला चाय भनेको के सुकुमेल हालेर

 साहुजी : सुक्या  मल  पनि हाल्छ धत् सुक्या  मल पनि हाल्छ चियामा

 लक्ष्मी :  कसरि बुझाउने चिया नै खान नपाउने भो

लक्ष्मी: हतेरिका ( निस्किंदै)

भाग ७

साहुनीको प्रवेश

 साहुनी: के भो बुढा  किन रिसाएको

 साहुजी : कास्तो कास्तो चिया खान आउँछ दामी चिया  muscle चिया  सुक्या मल चिया

 साहुनी:: खै त आज व्यापार  चौपट छ।

ग्राहक अबिमन : भोक लागो भने भात खाउँला

आर्यमन : जाडा  मा लागे चिया खाउँला

अबिमन : खै साहुनी दुइ कप चिया खाउँ त उधारो

साहुनी: आज नगद भोलि उधारो ।   बरु अस्तिको उधारो तिर्नुस त

आर्यमन: कस्तो भोक लागेको एउटा सेल खाइ हाल्नु पर्यो.

साहुनी ( खाता पल्टाउन्दै ) : ल ल  २०० रुपैयाँ तिर्नुस त

अबिमन : तिरी हाल्छु नी काजीको छोरोले नतिरी भाग्छ (भाग्न खोज्दै)

साहुजी: भाग्न ला जस्तो छ समातम त्यल्लाई

आर्यमन : भागम दाई  भागम

साहुनी : समात समात  ( लखट्दै  मंच बाट निस्किने  )

साहुजी: नाम चाहिं NAFA  चिया पसल रे घाटै  घाटा   पसल बन्द गरेर बुढी खोज्न जानु पर्यो



(अप्रिल १४, २०१८  मा आयोजित 'नाफा नयाँ वर्ष २०७५'मा प्रस्तुत गरिएको नाटक । )

No comments:

Post a Comment