Saturday, September 28, 2019

बाल कविता : बाण

~अनित्या द्वा

बाण-एउटा चिन्ह आशाको
थाहा छ यो के भनेको?

तिमीलाई गाह्रो हुँदा
तिमीलाई दु:ख पर्दा..
सँधै तिमीलाई सिकाउँछ

अगाडि हेर..
सँधै तिमीलाई बताउँछ…
अगाडि बढ… 

हाम्फालेर अगाडि लान्छ
अगाडि राम्रो कुरा पर्खि रहेछ

दु:खमा दिने ज्ञान
बाण – एउटा चिन्ह आशा को!

(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment