Saturday, September 28, 2019

कविता : मेरी प्यारी बहिनी

~अर्चना धाख्वा~

आफुले आफुलाई खै, के भन्ठान्छिन् हो उनी
"जे चिताए त्यै भेट्टाएँ", ङिच्च हाँसे पुग्छ भनी

दिदी भरे आउँछु है, बनाई राख घरमा चिया
लौन मेरो काम छैन कि के ? भन्न कति सकेकी छ्या

घरि फोन घरि text, हैरान गर्छिन् दिन भरि नै
दिन त दिन भो छाडी दिउँ, रात पनि गो दिन सरि कै

मबाट टाढा टाढा, अब घुर्काउँदैछिन् जान्छु भनि
मैले जिस्कीएर भनेको मनैमा पो लिइन् कि कुन्नी

आफुले आफुलाई खै के भन्ठान्छिन् हो उनी
हाँसेरै जताइ दिन्छिन् मनै दुख्ने कुरा पनि

उनी बिना दिन निरस छ, जे नै जति भए पनि
पीडालाई नि पगाल्ने, मेरी प्यारी बहिनी ।

(सेप्टेम्बर २८, २०१९ का दिन राम-कल्पनाको "रिजाल निवास"मा आयोजना भएको "२८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment