छन्द : वसन्ततिलका छन्द
जाऊँ नजाऊँ जाने कहाँ हो
बूढो भईयो छ लाठो कहाँ पो
रम्झम् रमीता फितालो लाग्छ
भाले पनि छिट्टै बीहान बास्छ
संसार सारा मेरै भए झैं
लाग्थ्यो निनीषा पइला पिच्छे नै
फर्कीन पाऊँ पुग्थें त्यहीं नै
चक्रै घडीको घुम्ने भए नै
ऐनामा हेर्दा तिमि को हौ भन्छ
छायाँले जीऊ डराइ छुन्छ
काँचूलि खोक्रो बोक्रा सरी भो
घना बादल छोई सधैं नानि रुन्छ
फटाफटी गर्थें छरीतो जे नी
डराउँछु आज गर्न केहि नी
सम्झीन खोज्दा धमीलो हुन्छ
यादै संग आज जो नाता टुट्छ
धमीलै भए नी ती नाता मेरा
टुटे सारथि नी छुटे साथ मेरा
सन्तान आफ्नै संसार रोज्छन्
आमा बुवालाइ काहाँ न खोज्छन्
वरीपरी सुन्छु कथा सबैको
लाग्दैन नौलो व्यथा कसैको
छैनन् नया पींडि घर्मा कसैको
ढल्केको दिन काट्नु भर्मा मनैको
मन् छट्पटीँदै अतालिदिन्छ
आशा दिएरै नीराश किन्छ
लठ्ठी न हो साथ लठ्ठी सहारा
भनेर चित्तै बुझाइदिन्छ
थाके नि आँखा रोकिन्नन् कुर्न
दैलो चिहाई आफन्त ढुक्न
ति साना खुट्टी गए दौडि टाढा
जस्तै सपना निन्द्रामा गाढा
वसन्ततिलका छन्द नियम:ऽ ऽ । ऽ । । । ऽ । । ऽ । ऽ ऽ
(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment