Sunday, August 4, 2019

कविता : प्रतिविम्ब

~अर्चना धाख्वा~

भोलिको दिन आजको रोजाइ
आज नै भोलिको अघिल्लो चरण
जे आज भयो, आफ्नै स्वामित्व
गरेर हेर एकैछिन स्मरण

दोषारोपण कमजोरीको यन्त्र
आफ्नै आत्मालाई हेर भेटी
स्वमनमा छ ओखती सांसारिक
कारण र कारक दुवै समेटी

संसार विशाल किन देख्छ अन्धो
मनको चक्षु हुँदो न हो त
लङ्गडो किन पुग्छ शिखर,
बल-आत्म धुरी छुँदो न हो त

सक्षम हामी तब हुन्छौं सिद्ध
लगाम मनको इच्छा रसको
बाँधेर गर्छौँ यात्रा जीवनमा
भएर प्रफुल्ल बिना कारणवशको !!!
   

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)    

No comments:

Post a Comment