Sunday, August 4, 2019

बाल कविता : राजकुमारी

~आन्या पाण्डेय~

कत्ती लामो कपाल
कत्ती राम्रो लुगा
झनै राम्रो शिरको मुकुट ।

राजकुमारी,
बस्छिन् ठुलो महलमा
धेरै छिन् धनी
अनि स्वास्थ्य पनि ।

राजकुमारी,
धेरै छन् सुसारे
जे भन्यो त्यही पाउँछिन् रे
माइजूसँग बस्छिन् रे ।

राजकुमारी,
बाबा आमाको लागि
सबै छोरी राजकुमारी । 

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment