Saturday, November 17, 2018

कविता : म जन्मिएको ठाउँ


~कल्पना ढकाल रिजाल~   

कस्तो छ होला म जन्मिएको ठाउँ
  बेहुली झैँ सयपत्री र मखमलिले सजिएको छ कि मेरो गाउँ
  बिधुवा झैँ बिरक्तिएको छ कि,
   हाम्रो यादमा रुन्छ कि मेरो गाउँ ?
  
   छहरा र हरियाली ले भरिएको छ कि छैन होला
  डाँडा काँडाले घेरिएको छ कि छैन होला
  उकाली चढ्दा ओराली झर्दा
  बिसाउन चौतारी  छ कि छैन होला
 
   बालबालिकालाई माया गर्छन् कि गर्दैनन् होला
  महिला, पुरुष, र बृद्ध सम्मानित छन् कि छैनन् होला
  पानि पँधेरो ले प्यास मेटाएको छ होला के ?
   मन्दिर र गुम्बा ले शान्ति फैलाएको छ होला के ?
  
   चिन्छन् कि चिन्दिनन्  होला मेरो नाउँ
  कस्तो छ होला म जन्मिएको ठाउँ 
   बिधुवा झैँ बिरक्तिएको छ कि,
   हाम्रो यादमा रुन्छ कि मेरो गाउँ ?

(नोवेम्बर १७, २०१८  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)


No comments:

Post a Comment